दाता बालकृष्ण श्रेष्ठ तथा बेगम कुमारी श्रेष्ठप्रति उच्च सम्मान

किओच काठमाडौँ बाल अस्पतालमा उपचारका लागि आउने विपन्न परिवारका बाल रोगीहरूलाई आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका–२९, अनामनगर निवासी श्री बालकृष्ण श्रेष्ठ “नेभा” तथा उहाँकी धर्मपत्नी बेगम कुमारी श्रेष्ठले यस काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा रु ३ करोड बराबरको “वंश–रत्न स्मृति बाल उपचार अक्षयकोष” स्थापना गर्नु भएको छ।

उक्त सम्झौता समारोहमा डा. भगवान कोइराला तथा दाता बालकृष्ण श्रेष्ठ, बेगम कुमारी श्रेष्ठका साथमा उहाँका परिवारका सदस्यहरू, साथीभाइ तथा शुभचिन्तकहरूको समेत उपस्थिति रहेको थियो।

एउटा साधारण जीवनयापन गर्दै आउनुभएका बालकृष्ण श्रेष्ठको यस्तो महान सोचको किओच उच्च सम्मान गर्दछ। साथै उहाँको सोचले अरू धेरैलाई पनि प्रेरित गर्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ।